शुक्रबार, अशोज ५, २०८०

महात्मा गान्धीको बाटो अपनाए सत्यकै सधैँ विजय हुन्छ : प्रधानमन्त्री कोइराला

 नेपालमा पहिलोपटक ‘गान्धी कथावाचन’ कार्यक्रम आजदेखि सुरु


photos : Rishikesh Jung Shah facebook

काठमाडौँ चैत २२ , अहिंसा, शान्ति र सत्यका प्रणेता महात्मा गान्धीद्वारा प्रतिपादित दर्शन नेपालीसमक्ष प्रस्तुत गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘गान्धी कथावाचन’ कार्यक्रम आजदेखि सुरु भएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौँकोमा सुरु भएको कथावाचन कार्यक्रम आगामी २६ गतेसम्म सञ्चालन हुनेछ । गान्धी कथावाचनको आज एक समारोहबीच प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्दै कथावाचनले मुलुकमा शान्ति स्थापना गर्न ठूलो योगदान पुग्ने बताउनुभयो ।

 प्रधानमन्त्री कोइरालाले सत्य सधैँ विजय हुने र आजको विश्व अहिंसा र सत्यबाट एक हुन खोजिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले थप्नुभयो, “महात्मा गान्धीको बाटो अपनाए सत्यकै सधैँ विजय हुन्छ, हामी त्यही बाटोमा अघि बढेका छौँ, नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको बाटोले नै सबैको कल्याण गर्छ । ” सत्य र अहिंसा महात्मा गान्धीको प्रेरणाबाटै विपी कोइराला र गिरिजाबाबुले नेपालमा अहिंसाको बाटोमा परिवर्तनको प्रक्रिया अपनाउनुभएको उहाँले उल्लेख गर्नुभयो ।

  मन्त्री निधिले अहिंसा, शान्ति र स्थायित्वबाट मुलुकमा गणतन्त्र, समावेशिता, सङ्घीयता, धर्म निरपेक्षता र मिश्रित निर्वाचन प्रणाली स्थापित गर्ने अभियानमा आफूहरु जुटेको बताउनुभयो । गान्धी कथावाचनका प्रमुख वाचक गान्धीका वैचारिक तथा व्यवहारगत प्रसिद्ध शिष्य एवम् गुजरात विद्यापीठका कुलपति नारायणभाइ महादेवभाइ देसार्इंले गान्धीको विचार नेपाली समाजमा प्रवाह गर्नु आफ्नो सौभाग्य हो भन्दै गान्धी कुनै एक कालखण्ड र एक देशको मात्र आदर्श व्यक्ति नभई विश्वकै साझा प्रेरणा भएको बताउनुभयो ।

“गान्धीमा मुख्य व्यक्तिको चरित्र निर्माण थियो, बाल्यकालमा म गान्धीको १० वर्ष साथी थिएँ न कि नेता र महात्मा पुरुष मात्र हैन, गान्धीको सत्य, अहिंसा र शान्तिको आदर्श विचारलाई जीवन व्यवहारमा उतार्नु सान्दर्भिक हुन्छ,” उहाँले भन्नुभयो ।  नेपालका लागि भारतीय राजदूत रञ्जित रेले गान्धीको दर्शन र विचार आजको सन्दर्भमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “नेपाली विश्वविद्यालयमा गान्धी अध्ययन केन्द्र खोलिनु सकारात्मक हो । आजको परिवेशमा गान्धीको जति अध्ययन ग¥यो उति उत्प्रेरणा मिल्नेछ, त्यसैले गान्धीको प्रवचन सुनेर जीवनमा उपयोग गर्नुस् । ”

नेकपा (एमाले) का प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले गान्धीको विचार र दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उहाँको दर्शन र जीवनशैलीलाई आत्मसाथ गरेर अघि बढ्नसके नेपालका लागि सान्दर्भिक हुने बताउनुभयो । आगामी पाँच दिनसम्म हुने कथावाचनमा गान्धीका शिष्य नारायणभाइ देसाईंले दैनिक तीन घण्टा प्रवचन दिनुहुनेछ । कथा वाचन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, विभिन्न क्षेत्रका अगुवा व्यक्तित्व, कलेजका नयाँ पुस्ताहरुको सहभागिता रहेको छ । कथावाचन परिसरमा गान्धी विचारमय तुल्याउन गान्धीका अनुयायी साधकहरूको प्रयासस्वरूप केही चर्खा कात्नेदेखि त्यसबाट बनेका कपडा, गान्धी साहित्य सामग्री राखिएको छ । रास

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031