आइतवार, जेष्ठ १४, २०८०

महाकाली नदीपारिको नेपालमा भारु नोटको कारोबार घट्यो

  कञ्चनपुर चैत्र २३,  कञ्चनपुरको पश्चिमी क्षेत्र महाकाली नदीपारिको नेपाIndian-rupeesल भनेर चिनिने दोधारा–चाँदनीमा भारु नोटको कारोबार घट्दै गएको छ ।महाकाली नदीमा झोलुङ्गे पुल बनेसँगै नेपाली बजारबाट सामान भित्रिन थालेपछि दोधारा–चाँदनीमा भारु नोटको कारोबार घटेको हो ।पुल बन्नुभन्दा पहिले सो क्षेत्रमा भारतीय रुपैयाँको नोटको मात्रै कारोबार हुने गरेको थियो । नदीमा पुल नभएका कारण नेपाली बजारसँग प्रत्यक्ष नजोडिएकाले त्यहाँका व्यापारी भारतबाटै सामान आयात गर्दथे ।

नेपाली व्यापारीलाई भारतबाट थोकमा सामान आयात गर्नुपरेमा भारतीय व्यापारीलाई भारतीय नोट भूक्तानी गर्नुपर्ने बाध्यता थियो ।   पुल बनेका कारण भारतीय नोटको कारोबार घटेको त्यहाँका व्यवसायीले बताएका छन् । विगत लामो समयदेखि दोधारामा खुद्रा व्यापार गर्दै आएका रामबहादुर सुनारले महाकालीमा झोलुङ्गे पुल बनेका कारण नेपाली बजारबाट सामान आयात हुन थालेपछि भारतीय नोटको कारोबार घटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले भारतबाटै सामान आयात गर्नुपर्ने बाध्यता थियो, त्यसैले भारतीय नोटमा कारोबार हुन्थ्यो, तर अब नेपालबाटै सामान आउँछ ।” भारतीय रुपैयाँमा कारोबार गर्दैै निकै भन्झट हुने गरेको उनको अनुभव छ । यस्तै अर्का चाँदनीका अर्का व्यापारी जनक खत्रीले गाउँमा नेपाली बैंक र नेपालबाटै सामान आउन थालेपछि भारतीय नोटको कारोबार घटेको छ भन्नुभयो । ‘पहिले भारतबाट सामान आउन्थ्यो तर आजभोलि नेपालबाटै सामान आउँछ, नेपालबाट सामान आउँदा नेपाली नोटमै भुक्तानी गर्नुपर्छ ।’ सो क्षेत्रका बजारमा कुनै पनि सामान खरिद बिक्री गर्दा भारतीय नोटमा कारोबार हुने गरेको थियो । 

 पश्चिमी सीमा क्षेत्रसँग जोडिएको सो क्षेत्रमा झन्डै ७० हजारभन्दा बढी जनसङ्ख्या रहेको दोधारा गाविसले जनाएको छ । भारु नोटको कारोबारसँगै नेपाली उपभोक्तालाई दैनिक सामान उपभोग गर्न सहज भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031