बिहिबार, मंसिर १४, २०८०
Dashain

मस्यौदा समितिमा सिटौला

 काठमाडौँ वैशाख ११, संविधानसभाअन्तर्गत संविधान लेखन मस्यौदा समितिको सभापतिमा नेपाली काँग्रेसले महामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार kpबनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस पदाधिकारीको बैठकले महामन्त्री सिटौलालाई मस्यौदा समितिको सभापतिमा उठाउने सिफारिस गरेको हो ।

काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले प्रमुख तीन दलबीच संविधानसभाका समितिहरुमा सहमति जुटाएर सभापति चयन गर्ने प्रयासस्वरुप काँग्रेस पार्टीको भागमा परेको मस्यौदा समितिमा महामन्त्री सिटौलालाई सिफारिस गरिएको बताउनुभयो । शुक्रबार हुने संविधानसभाका पाँच वटा विषयगत समितिको सभापति चयन शुक्रबार हुँदैछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031