बिहिबार, मंसिर १४, २०८०
Dashain

भक्तपुरमा बिस्केट जात्रा सुरु (फोटोफिचर सहित)

 भक्तपुर चैत २८, भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने प्रसिद्ध एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा विहीवार देखि सुरु भएको छ । नववर्ष सुभारम्भको क्रममा सुरु हुने बिस्केट जात्राको पहिलो आज भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । जुन जात्राको मुख्य आकर्षण मानिन्छ । रथ तान्ने क्रममा रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।

bkt3 bkt 4

bkt6

533315_461728460564798_2116477902_n

bkt 7

पहिलो दिन भैरवनाथको रथ तानेर क्वने टोलका टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखु र थने टोलका क्वाछेँ, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु-याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गर्ने प्रचलन रहिआएको छ ।

रथले किचेर चार जना घाइते 

यसैबीच, बिस्केट जात्राको रथ विहिवार र साँझ ६ बजेदेखि तानातान को विधि सुरु भएपछि रथ तान्ने क्रममा रथले किचेर चार जना घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर–१ च्याम्हसिंहका २१ वर्षीय विष्णु प्रजापति, भक्तपुर नगरपालिका–११ तौमढीका १९ वर्षीय सरोज कर्माचार्य, भक्तपुर–१२ का लाकुलाछेँका २४ वर्षीय सुशील तमखु र भक्तपुर इनाचो–६ का १९ वर्षीय सरिक बुद्धाचार्य घाइते भएको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031