बुधबारदेखि उपभोक्ताले सहजै डिजेल तथा पेट्रोल पाउने

Petrolकाठमाडौँ, ८ वैशाख । केही दिनयता पेट्रोलियम पदार्थको आपूर्ति सहज बन्न थालेकाले आगामी बुधबारदेखि अपभोक्ताले पालो नपर्खिकन डिजेल तथा पेट्रोल पाउने नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल निगम (आइओसी)ले एक सातादेखि निरन्तरको कटौतीलाई कम गर्दै लगेकाले उपभोक्ताले सहजरुपमा पेट्रोलियम पदार्थ पाउने भएका हुन् । नेपाल आयल निगमले आफ्नो आन्तरिक स्रोतबाट भारतीय आयल निगम (आइओसी)सँगको रु पाँच अर्ब बक्यौता भोलि (मङ्गलबार) तीन अर्ब नौ करोड भारतीय रुपैयाँ (करिब रु पाँच अर्ब) र बुधाबार ५५ करोड भारतीय रुपैंया (रु८८ करोड) पठाउने भएको छ ।

बक्यौता तीर्ने आधार बनेपछि आइओसीले गर्दै आएको ३० प्रतिशतको कटौतीलाई कम गरेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइओसीले ३० प्रतिशतको कटौतीलाई कम गरेर २० प्रतिशतमा झारेको छ । निगमसँग रहेको मौज्दातसमेत वितरण गर्न थालिएकाले दुई दिनभित्र ‘लाइन’ नबसीकन पेट्रोलियम पदार्थ दिन सकिने छ ।” सामान्य अवस्थामा आइओसीको रक्सौल टिपोबाट दैनिक दुई हजार ४०० सय किलोलिटर आपूर्ति हुनुपर्नेमा पछिल्लो समयमा दुई हजार किलोलिटरमात्र आपूर्ति हुँदै आएको छ । शुक्रबारअघि एक हजार ७०० किलोलिटरमात्र आपूर्ति भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930