शनिबार, अशोज ६, २०८०

बिशेष स्कुलमा विश्व अटिजम दिवस

 काठमाडौं चैत्र १९, आज चैत्र १९ अर्थाथ विश्व अटिजम जनचेतना दिवस । आजको दिन अटिजम भएका बालबालिका स्वयममा जनचेतना जगाउन सरोकारवाला संघसंस्थाहरुले प्रस्तुत दिवसको मुलमर्मलाई आत्मासात गर्दै विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाएका छन । यसै क्रममा 10152492_837945356222098_2032459742_n 1979676_837943682888932_637438825_n 1619531_837944162888884_2101922517_n 1382267_837943486222285_1886600736_n 10178070_837945529555414_1657397365_n 10153211_837944922888808_1635043782_n

बालबालिकाहरुमा देखापर्ने अटिजमको क्षेत्रमा क्रियाशिल बिशेष स्कुल तथा पुनस्थापना केन्द्रले अटिजम भएका बालबालिकाले बनाएको चित्रकलाको प्रर्दशनी लगायत बिभिन्न पोस्टर ,पम्पेल्ट सहित स्थानीय क्षेत्रमा पदयात्राको आयोजना गरेका छन।

बिशेष स्कुलले अटिजम भएका बालबालिकार उनिहरुको क्षमता अनुसारको उमेर समुह छुट्ट्यार बेलुन फुटाउने ,चक्लेट दौड तथा दौड प्रतियोगीता गराइ उत्कृष्ट खेल प्रस्तुत गर्ने बालबालिकालाई पुरस्कृत गर्दै अटिजम भएका बालबालिकापनि अवसर दिदै समाजमा सामाजिकिकरण गराइ पुनस्थापित गराउन सकिन्छ र उनिहरुलाई हौसला दिने तथा खेल थेरापी गराउँदा ति वालवालिकाको शरीरिक सक्षमतामा नयाँ उर्जा प्रक्षेपण गर्न प्रस्तुत कार्यक्रमको आयोजना गरिएको केन्द्रका संस्थापक तथा कार्यकारी निर्देशक सबिता उप्रेतीले हामीसंगको भेटमा बताए ।

त्यस्तै निर्देशक उप्रतिले विश्व अटिजम जनचेतना दिवस मनाउँदै गर्दा अटिजम भएका बालबालिकाहरुलाई नेपालमा बिशेष उपचार सहितको केयर होम अनी बिशेष स्कुलहरु प्रयाप्त नभएको कारणले गर्दा त्यस्ता बालबालिकालाई कोठामा थुनेर,बाधेर राख्न अभिभावकहरु वाद्य हुनु परेको भन्दै अरु देशहरुमा यस्ता बालबालिकाहरुलाई पहिलो प्राथमिकता दिइन्छ तर नेपालको सन्दर्भमा भने यस्ता बालबालिकाहरुको लागि राज्यले पाठ्यक्रम समेत तयार गर्न नसकेकोमा चिन्ता व्यक्त गरिन ।   साथै उनले आफ्नो व्यक्तिगत   प्रयासबाट अहिले सम्म नेपालमा पहिलो र एक मात्र बिशेष स्कुल स्थापना भएको बताउँदै बिशेष स्कुलबाट अहिले ३८ जना बालबालिकाले बिशेष सेवा पाइरहेको बताए ।

यसैवीच आज अटिजम केयर नेपालले राजधानीको बसन्तपुरमा नीलो मैनबत्ती बाली अटिजमबारेजानकारी   दिदै अटिजमको रोकथामबारे हालसम्म कुनै ठोस विधि पनि पत्ता नलागेको र नेपालमा ६० देखि ९० हजार जना अटिजमबाट ग्रसित वालवालिका भएको अनुमान जनाउदै अटिजम केयर सम्बन्धी गतिविधी र सुनौलो बिहानी नामक वृत्तचित्रको प्रदर्शन गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031