आइतवार, जेष्ठ १४, २०८०

प्राकृतिक सम्पदाको प्रर्वद्धनका लागि गोदावरी महोत्सवको आयोजना गरिने

 काठमाडौँ चैत २८, ललितपुरको गोदावरीमा नयाँ वर्ष २०७१ को अवसरमा वैशाख १ गतेदेखि गोदावरी महोत्सव २०७१ के आयोजना गरिने भएको छ । विशेषगरि त्यस क्षेत्रमा रहेको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण प्राकृतिक सम्पदाको विकास एवम् सोको प्रर्वद्धनकालागि महोत्सवको आयोजना गरिन भएको छ ।    

 महोत्सवका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नयाँ वर्ष २०७१ को अवसरमा नेपाल पर्यटन बोर्डको समन्वयमा गाविस र स्थानीय युवा क्लब सक्रियतामा सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व वोकेको गोदावरी कुण्ड, राष्ट्रिय वनस्पति उद्यान, उपत्यका अवलोकन गर्ने फूल्चोकी डाँडा, पञ्चदेवल मन्दिर, नौधाराको मन्दिर, शान्तिवन, अघोरनाथ गुफालगायतका क्षेत्रको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व दर्शाईने तयारी रहेको महोत्सव आयोजक तथा समन्व्यकर्ता सस्थाका प्रतिनिधीहरुले दिएका छन ।

त्यस्तै त्सवका संयोजक कुन्दन खत्रीका अनुसार बाह्र वर्षमा एक पटक लाग्ने गोदावरी कुण्डको मेला २०७२ सालमा पर्ने भएकाले पनि त्यसलाई विशेष प्राथमिकतामा राखी यस किसिमको महोत्सव गरिन लागिएको बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031