मङ्लबार, असार २१, २०७९

प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ सोमवार हुने

 काठमाडौँ चैत २१, प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ विशेष समितिले आगामी सोमबार सुनुवाइ गर्ने भएको छ ।संवैधानिक परिषद्को हालैको बैठकले कायम मुकायम प्रधानन्यायाधीस दामोदरप्रसाद शर्मालाई प्रधानन्यायाधीशमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।  समितिको आज बसेको बैठकले damodar sharmaप्रधानन्यायाधीश नियुक्तिका लागि मात्र अन्तरिम आन्तरिक कार्यविधि, २०७० पारित गर्दै उजुरी गर्नका लागि आजका मितिले तीन दिनको म्याद राखी सार्वजनिक सूचना दिने द्रुतगतिको व्यवस्था गरेको छ ।

समितिको आन्तरिक कार्यविधि, २०७० मा उजुरी गर्नका लागि न्यूनतम पाँच दिनको समय राख्नुपर्ने प्रवधान भए पनि शर्माको हकमा द्रुतगतिमा सुनुवाइ गर्नका लागि एक पटकलाई भविष्यमा नजिर नहुने गरी तीन दिनको समय राखिएको समितिको अध्यक्षता गर्नु भएका जेष्ठ सदस्य कुलबहादुर गुरुङले बताउनुभयो ।

समितिको अन्तरिम आन्तरिक कार्यविधि, २०७० को छलफलका क्रममा सदस्यबाट फरकफरक विचार आएपछि नयाँ कार्यविधि निर्माणका लागि सदस्य डा प्रकाशशरण महत, अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, प्रेमबहादुर सिंह र ब्रिजेशकुमार गुप्ता रहेको पाँच सदस्यीय उपसमिति गठन गरिएको

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031