काठमाडौँ चैत २८, संसदीय सुनवाइ विशेष समितिको बैठकले कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिको लागि अनुमोदन गरेको छ । समितिले हिजो साँझ शर्मासँग सुनुवाई गर्दै आज बसेको समितिको बैठकले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिको अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले गरेको सिफारिस समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक प्रावधान रहेको छ ।
स्मरणीय रहोस कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा विरुद्ध संबैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि शर्माविरुद्ध संसदीय सुनुवाई समितिमा न्यायालयमा हुने भ्रष्टाचारलगायत बिषयका तीन वटा उजूरी परेकोथियो ।