बुधबार, अशोज १७, २०८०

पूर्व राजा ज्ञानेन्द शाहले भने- जनताले आवश्यकता महसुस गरे राजसंस्था फर्काउन सकिन्छ

फोटो: अस्मिता भण्डारी

 काठमाडौँ वैशाख १२, पूर्व राजा ज्ञानेन्द शाहले जनताले आवश्यकता महसुस गरे राजसंस्था फर्काउन सकिने बताएका छन् । चितवनको जुटपानी ६ मा रहेको बौद्ध गुम्बामा आज पूजा–अर्चना गरेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले देश र जनताले आवश्यकता महुसस गरे आफू फेरि आउन तयार रहेको रहेको बताउँनु भएको छ ।  त्यसअघि पूर्व उनले रत्ननगरको निपनीमा रहेको हरिहर मन्दिरमा पूजा–अर्चना गरेका थिए । रत्ननगरमा पनि पूर्व राजालाई भव्य रुपमा स्वागत गरिएको थियो ।

नारायणगढको सेन्ट्रल पाम होटलमा बास बसेका पूर्व राजा ज्ञानेन्द्र भोलि पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानले नारायणी कला मन्दिरमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । साथै नारायणगढस्थित पशुपतिनाथ गौरीश्वर मन्दिरमा पूजा–अर्चना गरी पुल्चोकसम्म पैदलयात्रा गर्ने कार्यक्रम पनि रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031