पारिश्रमिक नदिए सरकारी सुविधा कटौती

Khem Bhandari_20130718073057
(समितिका अध्यक्ष खेम भण्डारी)

 काठमाडौ चैत १८, न्यूनतम पारिश्रमिक निर्धारण समितिले तीन महिनाभित्र काठमाडौँका टेलिभिजन स्टेसनहरुले पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिएमा सरकारी सुविधा कटौतीका लागि सरकारलाई सिफारिस गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ‘टेलिभिजनहरुको अनुगमन प्रतिवेदन’ मा अध्ययन गरिएका ११ वटा टेलिभिजनमा न्यूनतम पारिश्रमिक, समयमा तलब र नियुक्तिपत्र नदिइएको पाइएको हुनाले सो सुविधा तीनमहिनाभित्र नदिए कारवाहीका लागि सरकारलाई सिफारिस गरिएको उल्लिखित छ । 

यसरी सिफारिसमामा परेका टेलिभिजन स्टेसनहरु क्रमस एभिन्यूज टेलिभिजन, च्यानल नेपाल, इमेज टेलिभिजन, माउन्टेन टेलिभिजन, नेपाल मण्डल टेलिभिजन, नेपाल टेलिभिजन, नेपाल वान टेलिभिजन, न्युज २४ टेलिभिजन, सगरमाथा टेलिभिजन, तराई टेलिभिजन र टिभी फिल्मी रहेको बताउँदै समितिका अध्यक्ष खेम भण्डारीले काठमाडौँका टेलिभिजनहरुले तीन महिना (असार २० गतेसम्म) पत्रकारलाई सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक, समयमा तलब र नियुक्ति पत्र नदिएमा सरकारबाट पाउने (लोककल्याणकारी विज्ञापन, नवीकरण, प्रेस पास) सुविधा कटौतीका लागि सरकारलाई सिफारिस गर्ने बताउनुभयो ।

 उक्त अनुगमन प्रतिवेदन नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष यशोदा तिम्सिनाको संयोजकत्वमा मिठाराम हुमागाई, रामप्रसाद पोखरेल, कुमार भट्टराई र गोविन्द देवकोटा सदस्य रहेको समितिले अध्ययन गरी तयार पारेको हो । अनुगमन प्रतिवेदनमा श्रमजीवी पत्रकार ऐन २०५१ कार्यान्वयन गर्न तत्काल गर्नुपर्ने तथा अल्पकालीन र दीर्घकालीन समयमा गर्नुपर्ने सुझावसमेत दिइएको छ । तत्काल गर्नुपर्ने सुझावहरुमा सञ्चार प्रतिष्ठानमा कार्यरत सबै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारहरुलाई तोकिएको ढाँचामा नियुक्तिपत्र दिई कम्तीमा न्यूनतम पारिश्रमिक महिनामहिनामा भुक्तानी गरिनुपर्ने, सञ्चार संस्थाको सेवामा प्रवेश गर्दा अनिवार्य रुपमा नियुक्तिपत्र लिएर मात्र श्रमजीवी पत्रकारले काम सुरु गर्नुपर्नेलगायत रहेका छन् । अल्पकालीन समयमा गरिनुपर्नेमा सुझावमा सञ्चार प्रतिष्ठानमा कार्यरत सबै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारहरुलाई तोकिएको ढाँचाको नियुक्तिपत्र र प्रत्येक महिनाको पारिश्रमिक महिना महिनामा भुक्तानी गरिएको भन्ने व्यहोराको पत्र सञ्चार प्रतिष्ठानबाट प्राप्त भएपछि मात्र २०७१ असार महिनाको लोककल्याणकारी विज्ञापनबापतको रकम भुक्तानी गरिनुपर्ने, आंशिक रुपमा कार्यरक्त रहने श्रमजीवी पत्रकार तथा कर्मचारीको न्यूनतम पारिश्रमिक कति हुने भन्ने विषयमा सरोकारवाला सञ्चार प्रतिष्ठानहरुको रायसुझाव लिएर स्पष्ट गरिनुपर्नेलगायत रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930