आइतवार, जेष्ठ १४, २०८०

पत्रकार महासङ्घको आसन्न महाधिवेशनका लागि २० लाख अनुदान

मन्त्रिपरिषद् बैठक:

  • नेपाल आयल निगमलाई सरकारले २ अर्ब ५० करोड ऋण
  • पत्रकार महासङ्घको महाधिवेशनको सहयोगार्थ रु २० लाख अनुदान रकम दिने निर्णय
  • इसिसी टी–ट्वान्टी विश्वकम क्रिकेटका खेलाडीहरूलाई जनही रु पाँच लाख दिने
  • सभासद्को सिफारिसका आधारमा विकास निर्माणको काममा खर्च गर्ने गरी यस आर्थिक वर्षका लागि रु १० लाखका दरले रकम उपलब्ध गराउने

 काठमाडौँ वैशाख १२, सरकारले आसन्न नेपाल पत्रकार महासङ्घको महाधिवेशनको सहयोगार्थ रु २० लाख अनुदान रकम दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले महासङ्घको चुनावका लागि सहयोगस्वरूप अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ । 

singhadurbar

त्यस्तै बैठकले आइसिसी टी–ट्वान्टी विश्वकम क्रिकेटका खेलाडीहरूलाई जनही रु पाँच लाख दिने निर्णय गरेको छ भने संविधानसभाका सभासद्को सिफारिसका आधारमा विकास निर्माणको काममा खर्च गर्ने गरी यस आर्थिक वर्षका लागि रु १० लाखका दरले रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । शिक्षक नियमावलीमा संशोधन गरी अस्थायी शिक्षकको रिक्त दरवन्दीमा स्थायी गर्ने प्रक्रिया समय लाग्ने र शिक्षकको अभाव हुने भएकाले २०७५ सालसम्म एक पटकमा छ महिना नबढाई म्याद थप गर्नसक्नेगरी शिक्षा नियमावली संशोधन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । बैठकले स्थानीय शासन र सामुदायिक विकास कार्यक्रमका लागि नर्वेबाट रु ९३ करोड ५० लाख सहायता रकम स्वीकार गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031