आइतवार, जेष्ठ १४, २०८०

पत्रकार महासंघको विधान संशोधनका लागि सभासदहरुद्दारा ध्यानाकर्षण

काठमाडौं वैशाख २ , नेपाल पत्रकार महासंघको विधानमा खुला सदस्यसहित संशोधन प्रस्ताव पारित गरि कार्यान्वयन गर्ने प्रतिवद्धतालाई परिणाममुखी बनाउन   तयार गर्न केन्द्रीय पार्षदहरुले माग गरेका छन्। साथै विधान संशोधनबारे पत्रकार महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै केही सभासदहरुले अघिल्लो fng logo 1महाधिवेशनले म्याण्डेड र पोखरामा पेश भएको विधान संसोधन प्रस्तावलाई सर्वसम्मत रुपमा आगामी महाधिवेशनबाट पारित गरि यसैपटकबाट कार्यान्वयन गर्न पत्रकार महासंघले संस्थागत छलफल गर्नुपर्ने माग पनि गरेका छन । सहमति नभए प्रकृयाबाटै अघि बढ्ने बैधानिक आधार भएकोले त्यसका लागि सक्रिय हुनुपर्ने भन्दै ध्यानाकर्षणपत्रमा खुला केन्द्रीय सदस्यको व्यवस्थासहित विधान संसोधनबारे विभिन्न संगठनहरुले जनाएको प्रतिवद्धता सकारात्मक भएको उल्लेख गरिएको छ ।

अघिल्लो महाधिवेशनमा हलले दिएको म्याण्डेट र साधारण सभामा लिखित रुपमा दिएको निवेदन लगायत सबै प्रकृया भएपनि अहिले केही व्यक्तिहरुले विधान संशोधनका विषयमा वैधानिकताको प्रश्न उठाउन खोज्नु हाँस्यास्पद र शंकास्पद भएकोले सचेत हुन पनि आम पत्रकार तथा केन्द्रीय सभासदहरुलाइ आग्रह गरिएको छ । सभासदहरु रामकृष्ण भण्डारी, दीपेन्द्र कुँवर, रोशन खड्का, योगेश ढकाल, लक्की चौधरी, माधव दुलाल, भगवान भण्डारी, अनिल थापा, मधुसुदन पन्थी, सुर्यकुमार क्षेत्री लगायतले बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघलाई श्रमजीवी र पेशाकर्मी पत्रकारहरुको हकहितमा काम गर्न थप पेशागत बनाउनुपर्नेमा जोडदिइएको छ ।

नेपाल पत्रकार महासंघमा विधिवत दर्ता गरिएको उक्त पत्रमा राजु तिमल्सिना, विपि गौतम, किशोर पौडेल, सुनील दाहाल, कमल पराजुली, हरि बास्तोला र बाबुराजा महर्जन लगायतले पनि हस्ताक्षर गरेका छन् । श्रमजिवि पत्रकारहरुको हकहित र विगतमा महाधिवेशन तथा साधारणसभाका निणर्यहरुलाइ कार्यान्वयनमा लैजान नेपाल पत्रकार महासंघलाई दवाव दिने उद्धेश्यले ध्यानाकर्षणपत्र दर्ता गरिएको केन्द्रीय सभासद रामकृष्ण भण्डारीले जानकारी दिए । नेपाल पत्रकार महासंघको २४ औ महाधिवेशन आगामी बैशाख २१ र २२ गते राजधानीमा हुँदैछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031