बिहिबार, मंसिर १४, २०८०
Dashain

न्यायपरिषद्का पदाधिकारीप्रति नेपाल बारको खेद (विज्ञप्ति सहित)

काठमाडौँ वैशाख १५, सर्वोच्च अदालतको न्यायाधीशका नियुक्तिका लागि न्यायपरिषद्ले सिफारिस गरेका आठ न्यायाधीशहरु क्रमस द्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर राणा र जगदीश शर्माको barUntitled-2नियुक्ति प्रसंगमा सार्वजनिकरूपमा प्रकाशित तथ्य र प्रतिक्रियालाई अध्ययन र अनुसन्धानसहित छानबिन गररेर संसदीय सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पु-याउन आह्वान गरेको छ । नेपाल बारको आज सम्पन्न पदाधिकारी बैठकपछि बार महासचिव सुनिलकुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा मार्फत यस्तो आग्रह गरिएको हो ।

त्यस्तै विज्ञप्तिमा सर्वोच्चको न्यायाधीश नियुक्ति गर्दा कानुन व्यवसायीबाट पनि लैजाने संवैधानिक व्यवस्था र विगतको अभ्यासलाई पूर्णरूपमा वेवास्ता गरेको, न्याय परिषद् ऐनबमोजिम वरिष्ठता, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता तथा समावेशीताको सिद्धान्तलाई वेवास्ता गरिएको, संसदीय सुनुवाइबाट सर्वोच्चमा अस्थायीरूपमा काम गरिसकेका र फेरि पुनःनियुक्ति गरिएका अस्थायी न्यायाधीशलाई सिफारिस नगरिएको र विगतमा पुनरावेदन अदालतमा काम गरिसकेका कतिपय मुख्य न्यायाधीशलाई सर्वोच्चमा नियुक्त नगरी घर जान बाध्य पारिएकामा गम्भीररूपमा विचार गर्न पनि सो समितिलाई आग्रह गरिएको छ । न्यायाधीशको खडेरी परेको सर्वोच्चमा विगत तीन वर्षदेखि न्यायाधीश नियुक्तिका लागि सिफारिस नगरेको, सर्वोच्चमा आउने न्यायका याचकलाई सेवाबाट वञ्चित गराइएको र सर्वोच्चमा ५ जना मात्र न्यायाधीश रहने परिस्थिति सिर्जना गराउनुमा परिषद् जिम्मेवार रहेको भन्दै नेपाल बारले परिषद्का सम्पूर्ण पदाधिकारीप्रति खेद र दुःख प्रकट गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031