काठमाडौँ चैत १९ ,इन्द्रेणी साप्ताहिकको २५ औं वार्षिकोत्सवको अवसरमा साप्ताहिकद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली पत्रकारिता जगतमा बाह्य शक्तिको प्रभावसहितको दवावका साथै व्यापारीकरण र राजनीतिकरणबाट प्रभावित रहेको बताउँनु भएको छ । त्यस्तै नेता थापाले सञ्चार जगतमा देखिएका यी तीन प्रवृत्तिका कारण स१चार जगतले आशातितरुपमा फड्को मार्न नसकेको बताउँदै यि र यस्ता प्रवृतिविरुद्ध आम सञ्चारकर्मीहरू सजग र सचेत बन्नु आवश्यक रहेको बताउँदै साप्ताहिकको रजतवर्षको अवसरमा प्रकाशित स्मारिकाको विमोचन गर्नु भएको छ ।
त्यस्तै कार्यक्रमका अर्का वक्ता नेकपा (माले)का महासचिव सिपी मैनालीले स्वतन्त्र पत्रकारिताको विकासका लागि राज्यले सञ्चार माध्यमहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिँदै स्वतन्त्र पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितमा क्रियाशील बन्न इन्द्रेणी साप्ताहिकलाई शुभकामना व्यक्त दिनुको अलावा हिमाल, पहाड र तराईबीचको एकतापूर्ण समृद्ध एवम् समावेशी समाज नै राष्ट्रिय विकासका लागि महत्वपूर्ण आधार हुने बताउँभयो ।
कर्यक्रममा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला लगायतका वक्ताहरुले बोल्नु भएको थियो भने उक्त साप्ताहिकद्धारा यसैवर्ष स्थापना गरिएको इश्वरमान स्मृति पत्रकारितापुरस्कार बाट विश्वविमोहन श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा ,साप्ताहिकका कार्यकारी सम्पादक राकेश ढकाल हरिगोपाल प्रधान, राकेश ढकाल, देवेन्द्र चुडाललगायतलाई सम्मान गरिएको थियो ।