शुक्रबार, मंसिर १५, २०८०
Dashain

नारायणमानको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गर्दै नेमकिपा छैटौं महाधिवेशन सम्पन्न

भक्तपुर  चैत २४,नेपाल मजदुर किसान पार्टीको छैटौं महाधिवेशनले आगामी पाँच वर्षका लागि अध्यक्षमा पुनः नारायणमान बिजुक्छेलाई सर्वसम्मतले चयन गरेको छ । यही चैत २१ गतेदेखि सुरु भई एकदिन ढिलो गरी आज सम्पन्न  महाधिवेशनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो
Narayan-Manनयाँ कार्यसमिति सदस्यमा बुद्धिकुमार गोसाई, प्रेम सुवाल, चैत्यराज शाक्य, सुनिल प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, सनकमान महर्जन, नारायण महर्जन र बजिरसिं विक रहेका छन् । त्यसैगरी, नरेन्द्र हुमागाईं, दिनेश शाह, नरमा गुरुङ, नन्दबहादुर शाही, जयबहादुर शाही, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र शाही, लीला न्याईच्याई, अनुराधा थापामगर, कृष्णकुमार वैद्य र हरिसुन्दर वासी रहेका छन् ।
यसअघि, २३ जनाको केन्द्रीय समिति रहँदै आएकामा यसपटक भने दुईजना सदस्य थप गरी २५ जना पु¥याइएको केन्द्रीय सदस्य सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
पार्टीको पहिलो बैठकले केन्द्रीय समितिको पदाधिकारी चयन गर्ने बताइएको छ । पार्टी स्थापनाकालदेखि नै अध्यक्ष भएका बिजुक्छे यसपटक पनि सर्वसम्मतबाट पार्टीको अध्यक्षमा चयन हुनुभएको छ । महाधिवेशनमा ५० जिल्लाका ३५० प्रतिनिधि एवम् पर्यवेक्षकको सहभागिता रहेको थियो ।
अधिवेशन सम्पन्नपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बिजुक्छेले कम्युनिष्ट पार्टीको नाममा नेकपा एमाले र एमाओवादीले जनतालाई छलछाम गरेर झुक्याएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वमा समाजवादी क्रान्ति पूरा नहुने बताउँदै यसका लागि एमालेले सरकारबाट बाहिरिएर क्रान्तिका लागि तयार हुनुपर्छ भन्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031