काठमाडौँ वैशाख ११, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले स्थानीय निकाय कर्मचारी सङ्घको प्रथम राष्ट्रिय परिषद् बैठकको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै नयाँ संविधान जारी नहुँदासम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ । एक वर्षभित्र संविधान जारी गर्ने, स्थानीय निकायको निर्वाचन गर्ने र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नु सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै गृहमन्त्री गौतमले निर्धारित तालिका अनुसार सरकारले कार्य सम्पादन गर्दै आएको बताउनुभएको छ । साथै कार्यक्रममा उहाँले सङ्घमा आबद्ध उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गर्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष हरिकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।