आइतवार, जेष्ठ १४, २०८०

टेलिकमले मुलुकभर थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट सेवा विस्तार गर्ने

काठमाडौँ वैशाख १५, नेपाल टेलिकमले मुलुकभर थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट सेवा विस्तार कार्यलाई तीव्रता प्रदान गर्ने जनाएको छ । नेपाल टेलिकमका सेवाको गुणस्तर र सेवाका बारेमा आमसञ्चार माध्यमलाई अद्यावधिक गराउने उद्देश्यले आज यहाँ आयोजना गरिएको अन्तक्र्रियामा nepal telecomनिकट भविष्यमै मुलुकका सबै जिल्लामा ती सेवा पु-याउने कार्यलाई प्राथमिकता दिएको जानकारी गराइएको छ ।  नेपाल टेलिकमले अहिले आफ्नो कम्पनीको एक करोड दुई लाखभन्दा बढी ग्राहक रहेका बताउँदै संस्थानले सरकारलाई अहिले वार्षिक रु ३८ अर्ब ८५ करोड राजस्व बुझाउँदै आएको बताएको छ ।

त्यस्तै अन्तक्र्रियामा टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले आम उपभोक्ता तथा सर्वसाधारणलाई समाचार, जानकारी, विश्लेषण प्रवाह गर्ने सञ्चारकर्मीलाई टेलिकमका सेवाका बारेमा सूचना सम्प्रेषण सजिलो होस् भन्ने उद्देश्यका साथ यस किसिमको अन्तक्र्रियात्मक कायक्रमको आयोजना गरेको भन्दै े नेपाल टेलिकमबाट हाल जीएसएम मोबाइल ८४ लाख २९ हजार ४०, सिडीएमए मोबाइल ११ लाख ७१ हजार, स्थानीय टेलिफोन छ लाख ४७ हजार ८०२, एनटी स्याट ५२८, भि–स्याट ३६० एमएआरटीएस ३०६ र भिएचएफको २४ समेतका भ्याइस सर्भिसका सेवा प्रदान गर्नुको अलावा इन्टरनेट र डाटा सर्भिसतर्फ ४२ लाख ४७ हजार २७२ जना ग्राहकलाई नियमित सेवा दिइरहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031