मङ्लबार, जेष्ठ २३, २०८०

जिप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

  जाजरकोट वैशाख ३, जाजरकोटको खलङ्गा–पाँचकटिया सडकखण्डको तातोपानीमा जिप दुर्घटना हँुदा दुईको घटनास्थलमै मृत्यु भएको छ । भे१ज ६०४ को जिप दुर्घटनामा परी सात घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । दुर्घटनामा ढिमे– ४ का २१ वर्षीय रामराजा सिंह र खलङ्गा– ७ का ५० वर्षीय दण्डवीर ओलीको मृत्यु भएको हो । 

जिपमा सवार ढिमे– ८ की ४२ वर्षीय अनारकली रोकाय, उनको १० र सात वर्षीय छोरा लोकन्द्र रोकाय र किरण रोकाय गम्भीर घाइते छन् । ट्रयाक मात्रै खोलिएको सडकमा एक महिनादेखि जिप सञ्चालन हुन थालेको हो । उकालोमा जिप नचढेपछि चालक ओर्लिएर चक्कामा ओत हाल्न खोज्दा जिप पछाडि गुडेर सडकबाट १०० मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो । rss

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031