शनिबार, जेष्ठ २७, २०८०

चोभारमा आज आदिनाथ मेला

  काठमाडौ चैत २४, चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा काठमाडौँको चोभारमा आज आदिनाथ स्नान मेला लागेको छ । आनन्दादी लोकेश्वरका रुपमा पूजा गरिने आदिनाथको मूर्तिलाई गोपालवंशी समयमा नन्दा ग्वाला भन्ने व्यक्तिले फेला पारेको र उक्त दिन चैत्र शुक्ल अष्टमी परेका कारण प्रत्येक वर्ष आजका  दिन स्नान मेला लाग्ने गर्छ । स्नान मेलाका अवसरमा आदिनाथको मूर्तिलाई मूर्ति भेटिएको भन्ने स्थान नख्खुमा लगेर स्नान गराउने प्रचलन रहेको कीर्तिपुर जात्रापर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले जानकारी गराउनुभयो ।

आदिनाथ स्नान मेलाका अवसरमा कीर्तिपुर र आसपासका स्थानीयवासी नख्खु खोलामा स्नान गर्न जाने र स्नान गरेर आदिनाथ भगवान्को दर्शन गर्ने परम्परा प्राचीनकालदेखि चलिआएको छ । कीर्तिपुरस्थित नगाउँका स्थानीयवासी राजेन महर्जनका अनुसार स्नान मेलामा सहभागी भई आदिनाथको दर्शन गरेमा विभिन्न रोगबाट मुक्त भइने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031