काठमाडौं चैत्र १८, चैत २९ देखि वैशाख ३ गतेसम्म तनहुँको बन्दिपुरमा यसपालिको नयाँ वर्ष बन्दिपुरमा’ भन्ने मूल नाराका साथ पाँचौँ बन्दिपुर महोत्सव तथा राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । मुकुन्द सेन दरबार, गडी, गुरुङ्चे डाँडा, थानीमाई, विन्धवासिनी, महादेव मन्दिर, गुम्बा, पहाडपानी, तीनधारा महादेव, खड्गदेवी सहिद स्मारक, सिद्ध गुफालगायतका ऐतिहासिक महत्वका सम्पदा रहेको क्षेत्र बन्दिपुर महोत्सवबारे जानकारी दिन राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक एवम् बन्दिपुर सामाजिक विकास समितिका अध्यक्ष सुधा श्रेष्ठले बन्दिपुरको प्रतिष्ठा र गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउने यस किसिमको महोत्सवको आयोजना गर्न लागिएको बताउँनु भएको छ ।
त्यस्तै सम्मेलनमा ‘नेपाली भाषा र साहित्यमा बन्दिपुर एवम् यहाँको योगदान’ र ‘नेपालको समुन्नतिमा साहित्य सिर्जनाको भूमिका’ विषयक दुई कार्यपत्र प्रस्तुत गरिनाका साथै विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन भई बन्दिपुर घोषणापत्र–२०७१ जारी गरिने जनाकारी दिइएको छ ।