दोलखा चैत्र २५, दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा चुडामणि प्रतिस्थापना गरिएपछि बली पूजा गर्नेको भीड लागेको छ । चुडामणि ढलेका कारण केही दिन बन्द भएको बली पूजा नयाँ चुडामणि स्तम्भको प्रतिस्थापना सहित विधिपूर्वक तान्त्रिक पूजा सम्पन्न भए पछि आजदेखि पुनः सुरु भएको छ । चैते दसैँको नवमीका दिन भएकाले पनि बली पूजा बढेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ।