काठमाडौँ चैत २८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट सङ्घ (क्यान)मा भएको भनिएको अनियमितताको छानविन सुरु गरेको छ । क्यानमा भएको अनियमितता र व्यवस्थापनले क्रिकेट खेलाडीलाई दिनुपर्ने सुविधा नदिएको भन्ने समाचार प्रकाशित भएपछि आफूहरुको ध्यानाकर्षण भएको भन्दै प्रस्तुत प्रसंगमा अर्थाथ व्यवस्थापनले क्रिकेट खेलाडीहरुलाई दिनुपर्ने सुविधा नदिएको, क्रिकेट खेलको विकासमा उचित ध्यान नपुर्याएकोमा आयोगले छानविन सुरु गरेको आयोगले जनाएको छ ।