आइतवार, जेष्ठ २१, २०८०

केपी ओलीलाई फंगल्स मेनेन्जाइटिस भएको पुष्टि,थप उपचारका लागि आज बैंकक लगिँदै

काठमाडौं बैशाख १७, एमाले संसदीय दलका नेता केपी ओलीलाई फंगल्स मेनेन्जाइटिस पुष्टि भएपछि थप उपचारका लागि फेरि थाइल्यान्डको बैंकक लगिने भएको छ। एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार शान्त वातावरणमा थप उपचार गर्नुपर्ने भएकाले ओलीलाई बैंककको downloadसुकुम्भित अस्पतालमा लैजान लागिएको बुझिएको छ।

ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, बान्ता हुनेलगायत समस्या देखिएपछि ओली उपचारका लागि आइतबार राति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। श्रेष्ठले बुधबार अपराह्न १ बजे थाई एअरको उडानबाट ओलीलाई बैंकक लैजाने निर्णय भएको बताए।

यसअघि ओलीलाई मेनेन्जाइटिस भएको आशंका गर्दै थप पुष्टिका लागि ढाडबाट निकालिएको पानी परीक्षण गर्न भारत पठाइएको थियो। उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा. दिव्या शाहले भारतबाट मंगलबार अपराह्न आएको रिपोर्टअनुसार ओलीलाई फंगल्स मेनेन्जिाइटिस पुष्टि भएको भएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम, स्वास्थ्यमन्त्री खगराज अधिकारी, एमाले उपाध्यक्ष विद्या भण्डारी, उपचारमा संलग्न चिकित्सकहरू शशि शर्मा र दिव्या सिंहबीच भएको छलफलपछि ओलीलाई थप उपचारका लागि एअर एम्बुलेन्सबाट बैंकक लैजान लागिएको हो। ओलीलाई बैंकक लैजाने सम्बन्धमा मन्त्रिपरिषद्मा पनि छलफल गरिने स्रोतले बतायो।