बिहिबार, मंसिर १४, २०८०
Dashain

काँग्रेस सम्बद्ध मन्त्रीहरूको भेटघाट पार्टी मुख्यालयमा

 काठमाडौँ चैत १९, नेपाली काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले अब आफ्नै पार्टी कार्यालयमा भेटघाट कार्यक्रम सुरु गर्नुभएको छ । नेता र कार्यकर्ताको गुनासो र पार्टीको निर्देशनपछि काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले अबदेखि पालैपालो हप्ताको एकपटक दुई घण्टा सानेपास्थित काँग्रेस मुख्यालयमा नेता BP_smriti_bhawan_Nepali_congressकार्यकर्तासँग भेटघाट सुरु गर्नुभएको हो ।

सोही कार्यक्रमअन्तर्गत आज काँग्रेसका महामन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले दिउँसो २ देखि ४ बजे पार्टी मुख्यालयमा कार्यकर्तासँग भेटघाट गर्नुभएको उहाँका प्रेस सहयोगी युपी लामिछानेले बताउनुभयो । यसअघि काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले भेट्न समय नदिएको भनी नेता र कार्यकर्ताहरूले आलोचना गरेपछि उक्त कार्यक्रम सुरु गरिएको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031