मङ्लबार, मंसिर १२, २०८०
Dashain

एक वर्षभित्र सङ्घीय लोकतान्त्रिक संविधान : उपप्रधानमन्त्री सिंह

 ललितपुर चैत २९, उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गणेशमान सिंह केन्द्रद्वारा आयोजित ‘राजनीति र गणेशमान सिंह’ विषयक pm dhinghगोष्ठीको उद्घाटन गर्दै सरकारको आगामी कार्यसूची एक वर्षभित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्नु रहेको बताउनुभएको छ ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले अघिल्लो संविधानसभामा रहेका ११ वटा विषयगत समितिले तयार पारेका दस्तावेजलाई वर्तमान संविधानसभाले ग्रहण गर्दै एक वर्षभित्रै नेपाली जनतालाई संविधान दिनुपर्नेमा जोड दिदै प्रजातन्त्रका पिता स्व लौहपुरुष गणेशमान सिंहको विचार, त्याग र योगदानलाई नेपालका राजनीतिक दलहरुले अनुसरण गर्न सकेमा मात्र आदर्शको राजनीति हुनसक्ने बताउनुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री ओमकार श्रेष्ठ, सभासद् चन्द्र महर्जन तथा पूर्व सभासद् रामकृष्ण चित्रकार र प्रदीप पौडेल लगायतका वक्ताहरुले पनि स्व गणेशमान सिंहले कुलुकको राजनितीमा पुयाउनु भएको योगदानको प्रसंगमा चर्चा गनु भएको थियो