आइतवार, जेष्ठ १४, २०८०

उम्मेदवार छनौट गर्न प्रेस युनियनद्दारा समिति गठन

 काठमाडौँ वैशाख ३ , नेपाल पत्रकार महासङ्घको आसन्न महाधिवेशनका सन्दर्भमा नेपाल प्रेस युनियनले आफ्नो गतिविधि र विभिन्न प्रक्रिया अगाडि press unionबढाएको छ ।यसैक्रममा युनियनको केन्द्रीय कार्य सम्पादन समितिको मंलववारको बैठकले अन्य सङ्घ सङ्गठनसँग वार्ता प्रक्रिया अगाडि बढाउन वार्ता समिति र युनियनका आधिकारीक उम्मेद्वार तय गर्न आकाङ्क्षीको नामावली सङ्कलन गर्न समिति बनाएको छ । 

वार्ता समितिको संयोजकमा युनियनका अध्यक्ष किरण पोखरेल, वरिष्ठ उपाध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष गङ्गाधर पराजुली, महासचिव शिव लम्साल, कोषाध्यक्ष ईश्वरी ओझा, सचिव सन्तोष न्यौपाने र मध्यमाञ्चल संयोजक दीपक आचार्य सदस्य रहनुभएको छ । उम्मेद्वार चयन गर्न उपाध्यक्ष पराजुली संयोजक रहेको समितिमा भुवन भट्ट, बाला अधिकारी, भीष्मराज ओझालगायत सदस्य रहनुभएको छ । यसैबीच, नवगठित युनियनको वार्ता टोली र क्रान्तिकारी पत्रकार सङ्घ र महासङ्घका वार्ता टोलीका साथै प्रेस चौतारी नेपालसँग वार्ता सम्पन्न भएको बुझिएको छ । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031