मङ्लबार, जेष्ठ २३, २०८०

अमर सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले समर्पित रहन प्रधानमन्त्री कोइरालाको अनुरोध

 काठमाडौँ वैशाख ११, लोकतन्त्र दिवस २०७१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न अनुकूल वातावरण सिर्जना Sushil1गर्दै वर्तमान सरकार मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरी विकासको गतिलाई तीव्रता दिन अग्रसर रहेको बताउनुभएको छ । 

त्यस्तै सन्देसमा  उहाँले  नेपाल अहिले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, मानवअधिकार, सामाजिक न्यायपूर्ण, समावेशी, समानुपातिक र सहभागितामूलक शासन प्रणालीसहितका महत्वपूर्ण उपलब्धीलाई संस्थागत गर्ने ऐतिहासिक चरणमा आइपुगेको बताउँदै लोकतन्त्रको स्थापना, पुनःस्थापना र संस्थागत विकासका लागि नेपाली जनताले सात दशकभन्दा बढी लामो समयदेखि गरेको अथक सङ्घर्ष र बलिदानबाट नेपालले महत्वपूर्ण उपलब्धीहरू हासिल गरेको उल्लेख  गर्नुको अलावा सविधान लेखनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकले निर्वाचित गरेका राजनीतिक दलका प्रतिनिधिबीच एक वर्षभित्र सङ्घीयता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधान जारी गर्ने विषयमा महत्वपूर्ण सहमति कायम भएको सन्देशमा उल्लेख गर्नुभएकोछ ।

सन्देसको अन्त्यमा संविधान जारी हुने समयसम्म धैर्य गरी आजसम्म नेपाली जनताले गरेको सङ्घर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने अवसर प्रदान गर्नु हुन प्रधानमन्त्रीले सबैसँग अनुरोध गर्दै निरङ्कुश अधिनायकबादको अन्त्य गरी नेपाली जनतालाई वास्तविक अर्थमा सार्वभौम बनाउने अमर सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले समर्पित रहन पनि प्रधानमन्त्री कोइरालाले अनुरोध गर्नुभएकोछ ।

यसैवीच काँग्रेस उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिदै लोकतन्त्रका लागि पटकपटक सङ्घर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न दलहरुको आपसी एकता, सहकार्य र सहमतिका आधारमा निर्धारित समयमै संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031