शुक्रबार, बैशाख ७, २०८१

२५५८ औं बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन

 काठमाडौँ चैत ४, आगामी वैशाख ३१ मनाइने बुद्ध जयन्ती अर्थाथ शान्तिनायक शाक्यमुनि गौतम बुद्धको २५५८ औं जन्मजयन्ती, तथा महापरिनिर्वाण भव्यरुपमा मनाउन भिक्षु धर्ममूर्ति महास्थविरको अध्यक्षतामा बुद्ध जयन्ती मूल समारोह समिति गठन गरेको छ । समितिका उपाक्षमा भिक्षु कोण्डन्य, रमेश buddhaमानन्धर, गुह्यरत्न शाक्य, सङ्घरत्न शाक्य र शङ्करराज सिंह रहनुभएको छ भने महासचिवमा गौतम शाक्य, सचिवमा अष्टमुनि गुभाजु, सहसचिवमा रविनारायण मानन्धर, कोषाध्यक्षमा स्वयम्कृष्ण मानन्धर, सहकोषाध्यक्षमा भाइराजा मानन्धर तथा कार्यकारिणी सदस्यमा धम्मवती गुरुमां, केदार शाक्य, मोहनकृष्ण डङ्गोल, चीजबहादुर गुरुङ, देउबहादुर रानामगर, लामा थुप्तेन डिग्डोल, डा लक्ष्मण शाक्य, पूर्णमान तुलाधर, पन्नाकाजी शाक्य र प्रकाश मानन्धर तथा गौतम मानन्धर रहनुभएको छ ।

बुद्धजयन्तीलाई व्यवस्थितरुपमा विभिन्न कार्यक्रम सहित  सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष भिक्षु धर्ममूर्तिको संयोजकत्वमा संयुक्त राष्ट्र सङ्घ परिसरमा बुद्धजयन्ती कार्यक्रम सञ्चालन उपसमिति, भिक्षु कोण्डन्यको संयोजकमा स्मारिका प्रकाशन उपसमिति, भिक्षुु अस्सजीको संयोजकत्वमा प्रचारप्रसार तथा धर्मदेशन उपसमिति र भिक्षु सरणंकरको संयाजकत्वमा समारोह प्रबन्ध तथा विहार श्रृङ्गार उपसमिति गठन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । यसैगरी भिक्षु पियदस्सिको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपसमिति, भिक्षु नारदको संयोजकत्वमा अस्थिधातु प्रदर्शन उपसमिति, भिक्षु उत्तमको संयोजकत्वमा बौद्ध चित्रकला उपसमिति, प्रयागराजसिंह सुवालकोको संयोजकत्वमा अतिथि सत्कार उपसमिति र स्वयम्कृष्ण मानन्धरको संयोजकत्वमा अर्थ सङ्कलन उपसमिति गठन गरिएको छ बुद्धजयन्ती समारोह समितिले जनाएको छ । बुद्ध जयन्तीका अवसरमा रक्तदान, बौद्ध कवि गोष्ठी, हाजिरीजवाफ, परिसम्वादलगायतका कार्यक्रम सञ्चालन गरिने बुद्धजयन्ती समारोह समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728