शुक्रबार, बैशाख १४, २०८१

२०-२० विश्वकपमा: नेपालद्दारा अफगानिस्तानलाई पराजित

काठमाडौं चैत्र ६, आइसिसी २०-२० विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालले आज अफगानिस्तानलाई पराजित गर्दै  ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राखेको छ । बङ्गलादेशको चटगाउँस्थित अहमद चौधरी रङशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले पराजित गर्दै अघिल्लो चरण प्रवेशको लागि आफ्नो यात्रा कायमै राखेको हो ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा १४१ रन बनाएको थियो । जवाफमा अफगानिस्तान २० ओभरमा आठ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।