मङ्लबार, बैशाख ४, २०८१

१९ लाख ८१ हजार विदेशी मुद्रा अपचलन गरेको अभियोगमा विष्ट पक्राउ

काठमाडौँ फागुन २६ ,विदेशी मुद्रा अपचलन गरेको अभियोगमा एक जनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले Dollarविदेशी मुद्रा अपचलन गरेको अभियोगमा झापा घर भई भक्तपुर बस्दै आएका रामकुमार विष्टलाई पक्राउ गरेको हो । विष्टले सन् १९९६ मा न्युजिल्यान्डबाट ऊन आयात गर्ने क्रममा विदेशी मुद्रा अपचलन गरेका हुन् । विष्टले राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखामा खोलेको प्रतितपत्रअनुसार सामान आयात नगरी असम्बन्धित पार्टीलाई उक्त बैंकबाट भुक्तानी पठाएको र दोहोरो भुक्तानीसमेत लिई रु १९ लाख ८१ हजार ७६० बराबरको विदेशी मुद्रा अपचलन गरेको जनाएको छ ।