शुक्रबार, बैशाख १४, २०८१

स्थापना दिवसको अवसरमा प्रभातफेरी

काठमाडौं चैत्र १६, नेपाल पत्रकार महासंघले आज आफ्नो स्थापनाकालको दिवसको ५९ औं स्थापना दिवस मनाएको छ । प्रत्येक वर्ष चैत्र १६ गते महासंघले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । उक्त अवसरमा महासंघ केन्द्रीय कार्यालय तथा देशभरका शाखाहरुले विविध कार्यक्रमको आयोजना गरेको छ ।

10155383_10200680941145068_630744974_n

(फोटो :चन्द्रमणि भटटराई)

महासंघ केन्द्रको आयोजनामा आज बिहान राजधानी को बबरमहलबाट प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । प्रभातफेरीमा उल्लेख्यसंख्यामा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

र्‍याली समापन स्थल बानेश्वरमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शिव गाउँलेले लोकतन्त्र र नागरिक अधिकारका लागि लड्दै आएको संस्थाले आफ्नो ५९ औं वर्ष मनाउनु गौरवको विषय भएको बताउँदै   एक वर्ष भित्र लोकतान्त्रिक संविधान जारी गर्न संविधानसभालाई महासंघले निरन्तर दवाब बनाइराख्ने प्रतिवद्धता अभिव्यक्ति सहित प्रेस तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध चलिने कुनै पनि कदम विरुद्ध महासंघ सम्झौता रहित ढंगले अगाडि बढ्ने बताउँनु भएको छ ।

कार्यक्रममा महासंघका पूर्व सभापति हरिहर विरहीले संक्रमणकाललाई छोट्याउन एक वर्ष भित्र संविधान जारी हुनुपर्ने भन्दै यसका लागि आवश्यक  वातावरण बनाउन पत्रकारहरुले भूमिका खेल्न कुनै कसर बाँकी राख्न नहुने बताउँनु भएको छ । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेल, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यलगायत सञ्चारसम्बन्धी विभिन्न सङ्घ सङ्गठन र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।