शुक्रबार, बैशाख ७, २०८१

सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगिताको उपाधि मनाङलाई

 काठमाडौँ फागुन १८, यसवर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेका छन । मनाङले यस पटकको लिगमा उपाधि जित्दै रु ७५ लाख हात पार्न सफल बनेका छन ।  त्यस्तै गरि प्रतियोगिताको उपविजेता बन्दै मच्छिन्द्र क्लबले रु ४५ लाख प्राप्त ग-यो भने थ्रिस्टार मनाङ मस्र्याङ्दीक्लबले भने यस पटक तेस्रो स्थानमा रु २५ लाख पुरस्कार सहित चित्त बुझएका छन । 

 यस्तै नेपाल प्रहरी क्लब चौथो, सङ्कटा क्लब पाँचाँ र सशस्त्र प्रहरी बल एपिएफ छैटाँ स्थानमा रह्यो । चौथो, पाँचाँ र छैटाँ हुने टिमले क्रमशः रु १५ लाख, सात, र पाँच लाख प्राप्त गरेका छन ।  प्रतियोगिता अवधिभर रहेको भन्दै संकटाले अनुशासति टिमको उपाधिसहित एक लाख पनि पाएको छ ।

को को भए उत्कृष्ट खेलाडी ? 

यस्तै लिगमा मनाङका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर भए भने उत्कृष्ट डिफेन्डरको उपाधि मच्छिन्द्रका हेम गुरुङले पाए । यसैगरी उत्कृष्ट मिडफिल्डरको उपाधि मच्छिन्द्रका सुशील केसी तथा ११ गोल गरेका कर्ण लिम्बुले उत्कृष्ट फरवार्डको उपाधि पाउँदा मनाङका हरिओम श्रेष्ठले उत्कृष्ट प्रशिक्षकको उपाधि पाए । सबैलाई एक एक थान यामहा मोटरसाइकल उपाधि दिइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728