शुक्रबार, बैशाख १४, २०८१

सरकार चलाउन समन्वय समिति

काठमाडौँ चैत १०, सत्तारुढदल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्ववीचको बैठकले सरकार सञ्चालनका निम्ती सरकार सञ्चालन समन्वय समिति singhadurbarबनाउने निर्णय गर्दै शीर्ष नेता सम्मिलित समिति गठन गरेका छन् । गठित समितिमा काँग्रेसको तर्फबाट प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह रहनुभएको छ भने नेकपा एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका नेता केपी ओली र उपाध्यक्ष एवं उपप्रधानमन्त्री बामदेव गौतम रहनुभएको छ ।
समितिले मुलत सरकार सञ्चालनका लागि महत्वपूर्ण बिषयमा छलफल गर्न र सहमतिको वातावरण बनाइराख्न आवश्यक भूमिका निर्वाह गर्नु रहेको छ ।