शुक्रबार, चैत्र १६, २०८०

सरकारले आज अपराह्न आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

 सरकारको न्यूनतम साझा कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने प्रस्ताव

काठमाडौं चैत्र ४, सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । आज अपराह्न सार्वजनिक गर्नेगरी तयार पारिएको सरकारको न्यूनतम साझा कार्यक्रममा नियमित कार्यक्रमका अलावा यस पटक अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने विषय समेटिएको सम्वद्ध स्रोतले जनाएको छ। नेपाली singhadurbarक्रिकेट खेलाडीले गरेको विशिष्ट प्रदर्शनीले नेपाली क्रिकेटको भविष्य उज्यालो देखाएकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन न्यूनतम साझा कार्यक्रममा प्रस्तुत प्रस्तावलाई समेटिएको बताईएको छ।

साथै साझा कार्यक्रममा एक वर्र्षभित्र संविधान जारी गर्ने, ६ महिनाभित्र स्थानीय निकायको चुनाव गर्ने, वैदेशिक रोजगारीलाई व्यवस्थित र सरल बनाउन रोजगारदाता बैंक स्थापना गर्ने, गरिब र असहायलाई राहत प्याकेजलगायतका विषय समेटिएको बताउँदै सरकारका प्रवक्ता डा। मिनेन्द्र रिजालले दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने, बन्द हडताल निरुत्साहित गर्ने, उपत्यकाको खानेपानी संकट हटाउन मेलम्ची परियोजनालाई प्रभावकारी बनाउने जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिनुभएको छ।