शुक्रबार, बैशाख ७, २०८१

सरकारको सहमतिका न्यूनतम कार्यक्रम सार्वजनिक

  काठमाडौँ चैत ५, समृद्ध नेपाल निर्माण गर्ने पुनित कार्यमा अगाडि बढ्ने सरकारको उद्देश्य रहेको सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले बताउनुभएको छ । सरकार सञ्चालनका लागि सहमतिका न्यूनतम कार्यक्रम आज यहाँ सार्वजनिक गर्दै उहाँले संविधानसभाबाट एक वर्षभित्र संविधान तयार 

safe_imageगरी सार्वजनिक गर्न सरकारको तर्फबाट गर्नुपर्ने कामलाई उच्च प्राथमिकता दिइने बताउनुभयो । उहाँले यस कामका लागि नेपाल सरकारका तर्फबाट संविधानसभालाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो । सङ्घीय संरचनाअन्तर्गतका स्थानीय निकाय गठन नहुन्जेलसम्मका लागि स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरूसँग आवश्यक परामर्श गरी यथाशीघ्र निर्वाचनको मिति घोषणा गरिने सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. रिजालले बताउनुभयो । उहाँले कानुनी राज्य र सुशासनको मान्यताअनुरूप राज्य सञ्चालनमा पारदर्शीता, जवाफदेहिता र जनउत्तरदायित्व प्रबद्र्धन गरी सरकारी कामलाई परिणाममुखी बनाइनेछ भन्नुभयो । स्वदेश तथा विदेशका अनावश्यक भ्रमणलाई निरुत्साहित गरिने उल्लेख गर्दै उहाँले सरकारी खर्चमा हुने भोजभतेर, तडकभडकमा नियन्त्रण गरी मितव्ययी नीति अपनाइने जानकारी दिनुभयो ।

उहाँले उपभोक्ताको हितलाई ध्यानमा राखी वस्तु र सेवालगायतका क्षेत्रमा कायम गैरकानुनी सिन्डिकेट प्रथालाई खारेज गरी खुला र प्रतिस्पर्धात्मक सेवा प्रदान गर्ने वातावरण बनाइनेछ भन्नुभयो । मन्त्री डा. रिजालले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि लागतको आधारमा मूल्य समायोजन गर्ने नीति अवलम्बन गरिने र घरायसी र व्यावसायिक प्रयोजनका लागि तयार गरिएका छुट्टाछुट्टै रङका ग्यास सिलिन्डरहरू तत्काल प्रयोगमा ल्याउने उल्लेख गर्नुभयो ।  उहाँले ऊर्जा विकासका अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयनलाई उच्च प्राथमिकता दिइने, उत्पादन स्थल र मुख्य माग भएका स्थानसम्म राष्ट्रिय प्रशारण लाइन विस्तार गरिने, बढ्दो विद्युत् भार कटौतीको समस्यालाई क्रमशः न्यूनीकरण गर्न आवश्यक सबै विकल्पको प्रयोग गरी तीनवर्षभित्र विद्युत् भार कटौतीको अन्त्य गरिने, सेती, माथिल्लो कर्णाली, पञ्चेश्वर, अरुण, नौमुरे, कर्णाली, चिसापानीजस्ता ठूला आकारका परियोजनाहरूलाई प्राथमिकताका साथ समयमै सम्पन्न गर्न आवश्यक सबै उपायहरू अवलम्बन गरिने बताउनुभयो ।

मन्त्री डा. रिजालले प्रत्येक नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइनाका साथै आधारभूत र प्राथमिक स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गरिने उल्लेख गर्दै ग्रामीण क्षेत्रमा काम गर्न डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन गरिने बताउनुभयो ।

क्रिकेट खेलले प्राप्त गरेको सफलता र नेपालको अन्तर्राष्ट्रिय साख वृद्धिमा पु¥याएको योगदानलाई ध्यानमा राखी क्रिकेट एकेडेमी तथा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने काम अगाडि बढाइने, खेलकुदलाई नयाँ गतिका साथ अघि बढाउन दक्षिण एसियाली खेलकुदलाई समेत लक्ष्यित गरी राष्ट्रिय खेलकुद ग्राम विकास गर्ने, विद्यमान क्रिकेट र खेल मैदानको स्तरोन्नति गरी बाहै्र महिना व्यावसायिक क्रिकेट खेल्न सक्ने गरी पूर्वाधार तयार गरिने उहाँले जानकारी दिनुभयो ।

‘एक जिल्ला ः एक कभर्डहल’ र ‘एक निर्वाचन क्षेत्र ः एक खेल मैदान’ कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइने उल्लेख गर्दै मन्त्री डा. रिजालले खेलाडी संरक्षण कार्यक्रमसहित युवा हकहितका कार्यक्रमहरूलाई प्राथमिकताका साथ व्यवस्थित गरिने छ भन्नुभयो । सार्वजनिक सेवामा कार्यरत राष्ट्रसेवकसमेतलाई समेटी जनताको स्वास्थ्य बिमा कार्यक्रमलाई अगाडि बढाइने, राष्ट्रिय राजमार्ग, शैक्षिक तथा औद्योगिक प्रतिष्ठान र ठूला विकास आयोजना क्षेत्रहरूलाई बन्द हड्ताल मुक्त पारिने मन्त्री डा. रिजालले बताउनुभयो । महिलाविरुद्धका सबै प्रकारका हिंसा अन्त्यका लागि प्रभावकारी कदम चाल्ने र राष्ट्रिय जीवनका सबै क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्ने प्रतिवद्धता पनि सरकारले व्यक्त गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728