बिहिबार, बैशाख १३, २०८१

समाजका फरक-फरक विधामा क्रियाशील महिला सामाजिक अभियन्ताहरु सम्मानीत

प्रसंग १०४औं नारी दिवश  
काठमाडौं फागुन १८, नेपाल प्रहरी श्रीमती संघले १०४ औ नारी दिवशको अवसर पारेर शनिवार राजधानीमा एक कार्यक्रमका वीच समाजमा फरक फरक विधामा उल्लेख्य भुमिका सहित समाज विकासका लागि क्रियाशील ६ जना महिला समाजसेवीहरुलाई सम्मान गरेका छन ।
1सम्मान कार्यक्रम क्रमस प्राज्ञ नेपालकी अध्यक्ष तथा अभिनेतृ मिथिला शर्मा, प्रिजनर्स असिस्टेन्ट नेपालकी इन्दिरा रानामगर, विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संचालिका सविता उप्रेती, एकल महिला समुहकी प्रतिनिधी हरिमाया काफ्ले, ओमेन स्किल्स डिभलपमेन्ट अर्गनाइजेसनकी कार्यकारी निर्देशक रामकला खड्का, एफएनसिसिआईकी भवानी रानालाइ सम्मान गर्दै माइती नेपालकी अध्यक्ष इवम कार्यक्रमका प्रमुख अतिथी अनुराधा कोइरालाले नारीहरुको हक अधिकारीको निम्ती क्रियाशिल विभिन्न संघ संस्थाहरुबाट महिला हक अधिकारको निम्ती उल्लेख्य कार्य हुँदै आइरहेतापनि महिलाहरुमाथि हुने गरेका विभिन्न खाले हिंसाका घटनाहरुमा कमी आउन नसकेको प्रति दुख व्यक्त गर्नु भएको थियो ।

त्यस्तै गरि विशेष अतिथीको रुपमा आमन्त्रित प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले नारी दिवशको अवसरमा शुभकामना सहित समाजमा व्याप्त महिला हिंसामा कमी ल्याउन प्रत्येक जिल्लामा महिला शेलको स्थापन भइसकेको बताउँनु भएको थियो । कार्यक्रममा नारी सम्वन्धित जनचेतनामुलक नाटक,नृत्य र नारीसम्वेदनाका कविता प्रस्तूत गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरीका अधिकारी, प्रहरी श्रीमतिसंघका पूर्व पदाधाकारी तथा सल्लाहकार लगायत विशिष्ट व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728