शुक्रबार, चैत्र १६, २०८०

सत्य निरूपण र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक आउने

काठमाडौँ चैत्र ११, कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले सरकारले सर्वाेच्च अदालतको गत पुस १८ गते दिएको आदेशलाई ध्यानमा राख्दै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारी गरेको बताउनुभएको sansadhछ । व्यवस्थापिका–संसद्को आजको बैठकमा मन्त्री आचार्यले विधेयक यसअघि पनि संसद्मा पेस भइसकेको र अध्यादेशमार्फत पनि आएको तर सर्वाेच्च अदालतामा निवेदन परेपछि फिर्ता भएको बताउँदै ती आयोग गठनसम्बन्धमा थप राजनीतिक परामर्श आवश्यक छ भन्नुभयो ।

निर्वाचनलाई आगामी दिनमा थप स्वच्छ, निष्पक्ष, धाँधलीरहित रूपमा सम्मन्न गराउने विषयमा संसदीय समिति गठन गर्ने विषयमा सरकार पछि नहटेको स्पष्ट पार्दै उहाँले राजनीतिक सहमतिका आधारमा छिट्टै सो समिति गठन हुने जानकारी दिनुभयो । त्यस्तै आजको बैठकमा अर्थमन्त्री डा रामशरण महतले राष्ट्र ऋण उठाउने विधेयक, २०७० लाई पारित गरियोस् भनी राख्नु भएको प्र्रस्ताव व्यवस्थापिका–संसद्को बैठकले सर्वसम्मतिले पारित गरेको छ ।