शुक्रबार, बैशाख १४, २०८१

सञ्चार उद्यमी सिङ्घानियाका हत्यारा एवम् जनकपुर बमकाण्डका नाइके पक्राउ

 जनकपुर फागुन १९, गत २०६६ फागुन १७ गते जनकपुर टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिङ्घानियाको हत्या गनुको अलावा जनकपुर बम काण्डका mukeshआरोपी मुकेश चौधरीलाई पक्राउ गरिएको छ । तराई जनतान्त्रिक पार्टी र तराई विद्यार्थी लिवरेसन फ्रन्टका अध्यक्षका रुपमा चौधरी प्रकाश विद्यार्थी र अर्जुन चौधरी नामबाट तराईमा हत्या, चन्दा आतङ्क, अपहरण, धम्की दिने कार्य गर्दै आएका चौधरीलाई भारतमा पक्राउ गरी नेपाली प्रहरीलाई बुझाइएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ । भारतीय प्रहरीले नेपालगन्जमा आइतबार चौधरीलाई नेपाल प्रहरीको जिम्मा लगाएको बुझिएको छ । चौधरीले गत २०६९ साल वैशाख १८ गते रामानन्दचोकमा गराएको बम विस्फोटमा परि ग पाँचजनाको मृत्यु र दर्जनौँ व्यक्ति घाइते भएका थिए ।