बिहिबार, बैशाख १३, २०८१

संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रचण्डलाई राष्ट्रपति यादवको आग्रह

 काठमाडौं चैत्र ११, राष्ट्रपति रामवरण यादवले संविधान निर्माण प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह ram b. dhaallगर्नुभएको छ । राष्ट्रपति यादवले अध्यक्ष दाहालसंग सोमवार विहान गर्नु भएको भेटमा यस्तो आग्रह गर्नुभएको हो ।
संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा आफूले अध्यक्ष दाहालबाट नेतृत्वदायी भूमिकाको अपेक्षा गरेको उहाँको भनाई थियो ।
जवाफमा अध्यक्ष दाहालले संविधानसभामा प्रमुख प्रतिपक्षी दल भएपनि संविधान निर्माणको जिम्मेवारीबाट आफूहरु कहिल्यै पछि नहट्ने बताउँदै संविधान निर्माणकोलागि रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न एमाओवादी प्रतिबद्ध रहेको बताउँनुभएको बुझिएको छ।