बुधबार, बैशाख १२, २०८१

संविधान निर्माणका लागि एमाओवादी महत्वपूर्ण भुमिका खेल्ने : प्रवक्ता शर्मा

 काठमाडौँ फागुन १८, एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले पार्टी मुख्यालय पेरिसडाँडामा शनिवार आयोजित नियमित पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै Dinanathसंविधानसभाबाटै संविधान निर्माण गर्ने एजेन्डा एमाओवादीको भएको बताउँदै संविधान निर्माण गर्न सम्पूर्ण राजनीतिक दललाई सहमतिमा ल्याउन आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने बताउँनु भएको छ । 

त्यसतै कार्यक्रममा प्रवक्ता शर्माले पार्टी अध्यक्ष दाहालले हालै गर्नु भएको कतार भ्रमणमा आफूहरूले अपेक्षा गरेभन्दा पनि फलदायी बनेको जानकारी दिदै त्यहाँका नेपाली मजदुरको सेवा सुविधाका बारेमा पनि आफूहरूले त्यहाँको सरकारलाई आग्रह गरेको बताउँनु भएकोे छ ।