शनिबार, बैशाख ८, २०८१

संविधान निर्माणका निर्माणको मार्गप्रशस्त ,नियमावली मस्यौदा संविधानसभा अध्यक्ष नेम्वाङलाइ बुझाइयो

 काठमाडौं फागुन २८,  संविधानसभाको निर्वाचन सम्पन्न भएको करिब एक सय दिनपछि संविधान निर्माणको बाटो खुला भएको छ । संविधानसभा sansadhsubahsनियमावली मस्यौदा तयार भएपछि संविधान निर्माणको मार्गप्रशस्त भएको हो । मस्यौदा समितिको संयोजक लक्ष्मणलाल कर्णले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आज सो मस्यौदा हस्तान्तरण गर्नुभ��ो ।

संविधानसभाका विहीवार बस्ने बैठकमा सो मस्यौदा प्रस्तुत हुनेछ । संविधानसभाको माघ २९ गते बसेको बैठकले कर्णको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो । अब पहिलो संविधानसभाबाट संविधान निर्माण गर्न भएका कार्यलाई स्वामित्व ग्रहण गर्दै एक वर्षभित्रमा संविधानसभाबाट संविधान जारी गर्न मस्यौदाले ठोस आधार दिनेछ । मस्यौदासँगै संविधानसभाले संविधान निर्माणका लागि अब काम ९विजनेस०समेत पाउने भएको छ । मस्यौदा ग्रहण गर्दै अध्यक्ष नेम्वाङले एक वर्षमा संविधानसभाबाट संविधान जारी गर्न अब ठोस आधार प्राप्त भएको बताउनुभयो । छोटो समयमा दलहरूबीच सहमति र सहकार्य गरी मस्यौदा निर्माण भएपछि अब संविधान निर्माण पनि यही गति र कार्यमा हुने आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।

अध्यक्ष नेम्वाङ्ले भन्नुभयो “संविधान निर्माणमा आवश्यक पर्दा दलहरू एकढिक्का भएर काम गर्दछन् भन्ने कुरा छिटो समयमा निर्माण भएको मस्यौदाले पुष्टि गर्दछ ।”संविधान निर्माणका लागि मस्यौदा महत्वपूर्ण पाइला भएकाले अब यही पाइलालाई पछ्याउँदै संविधान निर्माण हुनेछ अध्यक्ष नेम्वाङले भन्नुभयो ।