बिहिबार, बैशाख १३, २०८१

संविधानसभा नियमावली मस्यौदा समितिको समयावधि एक साता थपियो

 काठमाडौँ फागुन २० संविधानसभाको आजको बैठकले संविधानसभाले संविधानसभा नियमावली मस्यौदा समितिको समयावधि आउँदो २७ गतेसम्मका sansadhलागि थप गरेको छ ।  नियमावलीमा उठेका दुई÷तीनवटा विषयमा रहेको विवाद टुङ्ग्याउन बाँकी रहेको तथा छपाइलगायतका प्राविधिक काम सक्नेसमेत समय अपुग भएको भन्दै सो समितिको म्याद थपेको हो । संविधानसभा नियमावली मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको समय थपसम्बन्धी प्रस्ताव आजको संविधानसभा बैठकमा पेस गर्नुभएको प्रस्तावलाई सभाध्यक्ष सुवास नेम्वाङले निर्णयार्थ प्रस्तुत गर्दा सभाले स्वीकृति दिएको थियो ।

यसअघि पहिलोपटक फागुन १० गतेसम्म समयावधि पाएको नियमावली मस्यौदा समितिले उक्त समयमा काम पूरा गर्न नसकेपछि हप्ता दिनका लागि समय थपिएको थियो । तर सो अवधिमा पनि संविधान प्रमाणीकरण तथा जारी, संविधानभित्र दबावमूलक समूह (ककस) गठन र ह्वीपलगायतका विषयमा सहमति जुट्न नसकेपछि यही फागुन १७ गतेदेखि लागू हुनेगरी आज समयावधि थपिएको हो । संविधानसभाको अर्को बैठक फागुन २९ गते ११ बजे बस्ने जानकारी दिनुभयो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728