बिहिबार, बैशाख १३, २०८१

संविधानसभा नियमावली प्रमाणीकरण राष्ट्रपतिबाटै : नेता जोशी

 कठमाडौं फागुन २६, नेपाली काँग्रेस म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संविधानसभा nr joshi1नियमावली मस्यौदा राष्ट्रपतिबाट प्रमाणीकरण हुने बताउनुभएको छ । त्यस्तै नेता जोशीले नियमावली प्रमाणीकरण राष्ट्रपतिले गर्ने विषयमा सहमति भइसकेकाले विवाद अन्त्य भएको र एक÷दुई दिनमै संविधानसभा नियमावली तयार हुने पनि बताउँनु भएको छ । आगामी दुई हप्ताभित्र २६ जना बाँकी सभासद् मनोनीत गरेर संविधानसभाले पूर्णता पाउने दाबी गर्दै नेता जोशीले कार्यकर्ताका लागि अवसर र जनताको सुविधाका लागि तत्काल स्थानीय निकायको निर्वाचन गरिने बताउनुभएको छ।