बिहिबार, चैत्र १५, २०८०

संबिधानसभा निर्वाचनको क्रममा गरिएको सेना परिचालनको निर्णय अनुमोदित

काठमाडौ चैत १२ ,संसदको विशेष सुरक्षा समितिको बैठकले गत संबिधानसभाको निर्वाचनको क्रममा राज्यले गरिएको सेनाarmi परिचालनको निर्णलाइ अनुमोदन गरेको छ । अनुमोदित निर्णय विधेयक वा प्रतिवेदनको रुपमा संसदमा पेश हुनेछ । निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएको एमाओवादीले सेना परिचालन को biccनिर्णय गर्दा कुनै फरक मत राखेन ।
बैठकमा एमाओवादी सभासद् जनार्दन शर्माले सेना परिचालन को निर्णय गर्दा आफ्नो पार्टीको समेत संलग्नता रहेकाले फरक मत नराखेको बताए । ‘हामीसहितको निर्णयले सेना परिचालन भएको हो’, उनले भने,‘निवाचनमा भएको धाँधली छानबिन गर्न छुट्टै समिति बनाउने सहमति भइसकेकाले धाँधलीबारे समितिमै छलफल गने तयारीमा रहेको बताए । तर प्रस्तुत निर्णयलाइ लिएर राष्ट्रिय जनमोर्चाका सभासद् दुर्गा पौडेलले फरक मत राखेका छन् । छलफलमा उठेका जवाफ दिदै प्रधानमन्त्री सुशील कोइरालाले निर्वाचनका सम्बन्धमा उठेको प्रश्नका सम्बन्धमा छुट्टै समिति बन्ने भएकाले अनुमोदनका लागि आग्रह गरेका थिए ।
संबिधानमा प्राकृतिक बिपत्ति पर्दाबाहेक सेना परिचालन गर्दा संसदबाट अनुमोदन गराउनुपर्ने प्रावधान रहेको छ ।