मङ्लबार, बैशाख ११, २०८१

श्रीमानले श्रीमतीको हत्यापछि आफैले पनि गरे आत्महत्या

 विराटनगर चैत १५ ,मोरङको ससुराली घर आएका एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका knifeअनुसार इलाम जिल्लाको बाँझो–८ बस्ने २८ वर्षीय कुमार लिम्बूले घरमा सुतिरहेकी श्रीमती २६ वर्षीया पुष्पा लिम्बूलाई खुकुरी प्रहार गरेपछि सोही खुकुरीले आफूलाई प्रहार गरी आत्महत्या गरेका हुन् । खुकुरी प्रहारपछि घाइते भएका श्रीमान–श्रीमतीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।