शनिबार, बैशाख ८, २०८१

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न एकीकृत सफ्टवेयरको अवधारणा कार्यान्वयमा ल्याइने

 काठमाडौँ चैत १७, सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता–पत्रकार भेटघाटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले वैदेशिक रोजगारमा दिनहँु समस्या देखिन थालेपछि सर्वसाधारणको सहजताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ministry-of-communication-nepalकार्यालयअन्तर्गतको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले वैदेशिक रोजगार, श्रम, अध्यागमन र परराष्ट्र विषय एउटै सफ्टवेयरबाट जोडिने व्यवस्था मिलाउने निर्णय गरेकोे जानकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता थपलियाले नेपाल सरकारका मुख्यसचिवको संयोजकत्वको सो समितिले समग्र अध्यागमन प्रणालीमा सुधार गर्ने, श्रम डेस्कमा कर्मचारी खटाउँदा तालिम दिई खटाउने, विदेशमा ठगिएको जुनसुकै स्रोतबाट सूचना आए पनि ऐनअनुसार कारबाही गर्नेलगायतका निर्णय भइसकेको बताउँदै हस्तलिखित राहदानीलाई जतिसक्दो चाँडो एमआरपी 5 (1)राहदानीद्वारा विस्थापन गर्ने रणनीतिक कार्ययोजना तयार गरी लागू गर्ने विषयमा समेत निर्णय भएको बताउँनु भएको छ ।
कार्यक्रममा विज्ञान, प्रविधि तथा वातावरण, रक्षा, कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला, सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका गत माघ र फागुन महिनामा भए गरेका निर्णयबारे सम्बन्धित मन्त्रालयका प्रवक्ताहरुले सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभएको थियो ।