मङ्लबार, बैशाख ४, २०८१

विद्यार्थी सङ्गठन र सरकारी वार्ता टोलीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गियो

 काठमाडौँ चैत ३, पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सङ्घर्षरत विद्यार्थी सङ्गठन र सरकारी वार्ता टोलीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।fuel-pump दिउँसो ३ बजेदेखि लगातार तीन घण्टासम्म चलेको वार्तामा सरकारी वार्ता टोलीले मूल्यवृद्धि बाध्यात्मक भएका कारण मूल्य फिर्ता हुने सम्भावना नभएको अडान राखेपछि विद्यार्थी सङ्गठनहरु आफूहरुको आन्दोलन नरोकिने जानकारी गराउँदै वार्ताबाट बाहिरिएको बुझिएको छ । ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले सरकारी वार्ता टोली मूल्य वृद्धिको निर्णय फिर्ता नलिने अडानमा रहेका कारण विद्यार्थी सङ्गठनहरुको जारी आन्दोलन जारी रहने बताउँदै मूल्यवृद्धिको निर्णय फिर्ता नहुँदासम्म वार्ता र आन्दोलन दुवै सँगसँगै लैजाने तयारी विद्यार्थी सङ्गठनको रहेको थाह भएको छ ।