शुक्रबार, चैत्र १६, २०८०

विद्यार्थी नेतालाई रिहा गर्न माग

 काठमाडौँ फागुन २५, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घले पक्राउ परेका आफ्ना विद्यार्थी नेताहरूलाई रिहा गर्न माग गरेको छ ।सङ्घले आज पत्रकार Ranjeet-karnaसम्मेलन गरी गत फागुन १९ गते नेविसङ्घका पूर्व सहमहामन्त्री सचित शर्मा, शङ्करदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, विद्यार्थी नेताहरू राकेशविक्रम शाही, लीलाबहादुर खड्का र जोन खड्कालाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै उनीहरूको तत्काल रिहाईको माग गरेको हो ।

नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले सरकारबाट अनुमति प्राप्त हतियारलाई पनि गैरकानुनी भनी व्याख्या गर्दै पक्राउ गरिनु गैरकानुनी भएको बताउनुभयो । पक्राउ परेका सबै नेतालाई तत्काल बिनासर्त रिहा नगरिए आफूहरू कडाभन्दा कडा सङ्घर्षमा उत्रने चेतावनी पनि उहाँले दिनुभयो ।