शुक्रबार, चैत्र १६, २०८०

रुकुममा सौर्य ऊर्जामार्फत कम्प्युटर शिक्षा

 रुकुम चैत १५, विद्युत् अभावमा यहाँको एक उच्च माविले सौर्य ऊर्जामार्फत विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेको छ । जिल्लाको पश्चिमी गाविस विजयश्वरीमा रहेको शीतल उच्च मावि चौरजहारीले झन्डै रु २० लाखको लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेको हो । चौरजहारीमा रहेको 1377312832_solar-computer-top_64विद्युत् सेवा प्रभावकारी हुन नसकेपछि विद्यार्थीलाई कम्प्युटरसम्बन्धी ज्ञान हासिल गराउन विद्यालयले सौर्य ऊर्जाको उपयोग गरी कम्प्युटर शिक्षा सुरु गरेको हो । शिक्षा विभागको प्राविधिक शिक्षाधारअन्तर्गत प्रदान गरिएको आर्थिक सहायताबाट विद्यालयमा चार किलोवाट क्षमताका सोलार तथा २५ वटा कम्प्युटर खरिद गरिएको प्राचार्य गणेशप्रसाद रिजालले जानकारी दिनुभयो ।

  विभागबाट प्राप्त भएको रु २० लाख बराबरको लगानीमा सोलार तथा कम्प्युटर खरिद गर्नुका साथै सव ओभरसियर विषय अध्यापनका लागि चाहिने आवश्यक सामग्री पनि खरिद गरिएको विद्यालयले जनाएको छ ।